
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार आफ्नो मन्त्रिपरिषद् विस्तार गर्दै ३ जना नयाँ मन्त्री नियुक्त गर्न लागेकी छन् ।
अन्तरिम सरकारमा वैज्ञानिक महावीर पुन, पत्रकार जगदीश खरेल र स्वास्थ्य मन्त्रालयकी अतिरिक्त सचिव डा. संगीता मिश्रलाई मन्त्री बनाउने तयारी भइरहेको छ । महावीर पुनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, जगदीश खरेललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र डा. संगीता मिश्रलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिइने छ ।
उनीहरूको नियुक्ति र शपथ आइतबार नै राष्ट्रपतिको कार्यालयमा गर्ने तयारी छ । यसअघि कार्की नेतृत्वको सरकारमा रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जा तथा भौतिक पूर्वाधारमन्त्री र ओमप्रकाश अर्याल गृहमन्त्री बनिसकेका छन् ।
























