
काठमाडौं । सुशीला कार्की नेतृत्वकाे सरकारमा पाँच जना मन्त्री थपिँदैछन् ।
आइतबार बसेकाे मन्त्रिपरिषद् बैठकले महावीर पुनसहित पाँच जनालाई मन्त्रीका लागि सिफारिस गरेकाे थियाे । राष्ट्रपति राचमन्द्र पाैडेलले आज शपथ गराउनेछन् ।
पुनलाई शिक्षा मन्त्रीमा नियुक्तिका लागि सिफारिस गरिएको छ । पूर्वन्यायाधीश अनिल सिन्हालाई कानुन, उद्योग वाणिज्य र भूमिसुधार मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
मदन परियारलाई कृषि मन्त्री, डाक्टर संगिता मिश्रलाई स्वास्थ्य र पत्रकार जगदिश खरेललाई सञ्चार मन्त्रीमा नियुक्तिका लागि आइतबार राष्ट्रपति कार्यालयमा सिफारिस भएकाे थियाे ।

























