
काठमाडौं । समसामयिक विषयमा छलफलका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको छ । पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले मंगलबार पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बिहान ८ बजेका लागि बैठक बोलाएका हुन् ।
बैठकमा समसामयिक अवस्था, प्रदेश बैठकहरूबाट प्राप्त विवरण प्रस्तुत गरिनेछ । परिवर्तित अवस्थामा केन्द्रीय सदस्यहरूको धारणा प्रस्तुत गर्ने एजेन्डा छन् ।
पार्टी संगठन एवं विभाग सम्बन्धमा, आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन रणनीति र पार्टीको महाधिवेशन सम्बन्धमा पनि छलफल हुने रास्वपाले जनाएको छ ।
























