
विराटनगर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मंसिर भित्र पार्टीको महाधिवेशन गरेर अघि बढ्नु पर्ने बताएका छन् ।
जेनजी आन्दोलनपछि पार्टीमा नेतृत्व परिवर्तनको बहस चलाएका उनले मंसिरमा महाधिवेशन गर्नुपर्ने बहस चलाएका शर्माले मंसिर भित्र महाधिवेशन गर्नुपर्ने बताएका हुन् ।
सोमबार भदौ २४ मा प्रदर्शनकारीहरूले आगजनी गरेको विराटनगरस्थित कोइराला निवासमा सोमबार पुगेर उनले पार्टी पनि नयाँ ढंगले अघि बढ्ने बताए ।
तत्कालै महाधिवेशनमा जान नहुने मत पनि पार्टीमा रहेको भन्दै उनले केन्द्रीय समिति बैठकबाट साझा धारणा बन्ने जानकारी दिए।
‘कोइराला निवासको यो माटोमा उभिएर भन्छु, उनले भने,‘ हामी नयाँ ढंगले आउनेछौं, मुलुकको अवस्था सम्हाल्नेछौं। मुलुकलाई नयाँ सम्भावनातिर लिएर लैजान कृतसंकल्पित छौं ।’
























