
काठमाडौं । सरकारले काठमाडौंसहित १० सहरमा निशुल्क इन्टरनेट सेवा प्रवाह गरिने भएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले पदभार ग्रहण गर्दै काठमाडौंसहित देशका प्रमुख १० सहरका सार्वजनिक स्थानमा निःशुल्क इन्टरनेट सेवा प्रवाह गर्ने निर्णय गरेका हुन् ।
५ महिनाभित्र सार्वजनिक स्थानमा फ्री वाईफाई उपलब्ध गराइनेछ ।
पदभार ग्रहणपछि मन्त्री खरेलले जेनजीहरूको बलिदानीको जगमा उभिएको सरकार भएकाले युवाहरूको म्यान्डेडलाई पूरा गर्ने प्रतिबद्धता जनाए । खरानी र धुलो टकटक्याउँदै जनतालाई अनुभूत हुनेगरी काम गर्ने उनले बताए ।
























