केपी शर्मा ओली सार्वजनिक

Share this
832shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज ७, मंगलबार १३:१८

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली मंगलबार सार्वजनिक भएका छन् । भक्तपुरको गुन्डुस्थित निवासमा उनी सार्वजनिक भएका हुन् ।

ओलीले नेता र कार्यकर्तासँग भेटघाट गरे । भेटघाटमा आएका समर्थकहरूले ओलीसँग फोटो खिचेका छन् । त,र सार्वजनिक रूपमा उनले कुनै टिप्पणी वा प्रतिक्रिया दिएका छैनन् ।

यसअघि भदौ २३ र २४ गते भएको जेनजी विद्रोहपछि प्रधानमन्त्री पदबाट राजीनामा दिएका ओली लामो समयसम्म सार्वजनिक रूपमा देखा परेका थिएनन् । केही समय नेपाली सेनाको सुरक्षामा बसेका थिए ।

जेनजी विद्रोहको क्रममा गोली चलेपछि आन्दोलनले ठूलो रूप धारण गरेको थियो । भदौ २४ गते प्रदर्शनकारीले तोडफोड तथा आगजनी गर्दा व्यापक क्षति पुगेको छ ।

ओली नेतृत्वको सरकार ढलेपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ । उक्त सरकारले प्रतिनिधिसभा विघटन गरेर आगामी फागुन २१ गते चुनावको मिति घोषणा गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.