सिंहदरबारको आगजनीलाई लिएर ओलीद्वारा बालेन लक्षित टिप्पणी

Share this
753shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज ७, मंगलबार १८:०६

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह (बालेन्द्र)लाई लक्षित गर्दै सिंहदरबारमा भएको आगजनी घटना योजनाबद्ध भएको बताएका छन् ।

भक्तपुरको गुण्डुस्थित आफ्नै निवासमा मंगलबार पुगेका युवा तथा विद्यार्थीलाई सम्बोधन गर्ने क्रममा उनले नेपालको लोकतन्त्र, गणतन्त्र र राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने जिम्मा नयाँ पुस्ताको काँधमा रहेको बताए । ओलीले भने, ‘यो देश हाम्रो हो, हामीले नै बनाउनुपर्छ। अहिले कसले जलायो भन्ने प्रष्ट छैन । तर, देश र इतिहासलाई माया गर्नेले पक्कै सिंहदरबार जलाउँदैन । त्यस्तो कार्य घुसपैठ गर्ने तत्त्वले मात्र गर्छ ।’

काठमाडौं मेयर बालेन शाहलाई संकेत गर्दै उनले थपे, ‘जो पहिल्यैदेखि सिंहदरबार जलाउँछु भनेर भन्दै आएका थिए । यही योजनाबद्ध काम हो । यसलाई हामीले बुझ्नुपर्छ ।’ ओलीले युवालाई राष्ट्र निर्माणमा जिम्मेवार ढंगले लाग्न आग्रह गर्दै देशलाई अस्थिर बनाउने गतिविधिबाट सचेत रहनुपर्ने बताएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.