
काठमाडौं । पछिल्लो राजनीतिक परिस्थितीका बारेमा छलफल गर्न नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दैछ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ११ बजे बैठक बस्नेछ ।
बैठकमा जेनजी विद्रोहपछिको राजनीतिक घटनाक्रम, अध्यक्ष प्रचण्डले पेस गरेको केन्द्रीय समिति विघटन र विशेष महाधिवेशन गर्ने प्रस्तावलगायतका विषयमा छलफल हुने सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।
बिहीबार बस्ने केन्द्रीय समितिको बैठकको एजेन्डा पनि बैठकले तय गर्नेछ ।
यसअघि असोज ५ गते बसेको पदाधिकारी बैठकमा प्रचण्डले मौजुदा केन्द्रीय समिति विघटन गर्ने प्रस्ताव गरेका थिए ।
























