झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्युु

Share this
714shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज ९, बिहीबार ०७:५३
फाइल तस्बिर

विराटनगर । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ७, खालबाडीमा हात्तीको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ ।

बुधबार राति जंगलबाट आएको एउटा हात्तीले आक्रमण गर्दा करिब ३५/३६ वर्षीय एक पुरुषको मृत्युु भएको  हो ।

मृतकको तत्काल नाम, थर र वतन खुल्न सकेको छैन ।

घटनाबारे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी सहायक निरीक्षक रुपेश राईको कमान्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.