
काठमाडौं । आगामी फागुन २१ गते हुने निर्वाचनमा देशबाहिरबाट पनि मतदान गर्न पाउने विषयमा छलफल भइरहेको प्रधानमन्त्री सुशीला कार्कीले बताएकी छन् ।
बिहीबार राष्ट्रको नाममा सम्बोधन गर्दै उनले रोजगारीको सिलसिलामा देशबारिह रहेका नेपालीलाई विदेशबाटै मतदान गर्नसक्ने सम्भावनाको बारेमा छलफल भइरहेको बताएकी हुन् ।
वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकको मर्यादित रोजगारी तथा तीनका हकहितको संरक्षण एवं गैर नेपाली नागरिकले उठाएका संविधानसम्मत मागप्रति वर्तमान सरकार सकारात्मक रहेको उनले भनाई छ ।
‘प्रतिनिधिसभाको आगामी निर्वाचनमा उत्साहका साथ भाग लिन पनि उनले आग्रह गरेकी छन् ।
























