
काठमाडौं । सामाजिक सञ्जालमा सक्रिय धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा मागेका छन् ।
जेनजीको मर्म अनुसार प्रधानमन्त्री कार्कीले काम गर्न नसकेको भन्दै उनले राजीनामा मागेका हुन् । सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘ सुशीलाजी‘ तपाईंले जेन्जीको मर्म अनुसारको काम गर्नु सक्नु भएन, राजीनामा दिनुस्, म गर्छु उनीहरुको माग पूरा एक–एक गरेर ।’
प्रधानमन्त्री बन्ने चाहानासहित सेना प्रमुखसँग छलफल गरेका साम्पाङ अन्तरिम सरकारसँग असन्तुष्ट छन् ।
























