
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबारका लागि पार्टीको सचिवालय बैठक बोलाएका छन् । आइतबार दिउँसो १ बजे बस्ने गरी भाडामा प्रयोग गर्दै आएको भक्तपुरको गुण्डुस्थित घरमा बैठक बोलाएका हुन् ।
बैठकका एजेन्डाबारे जानकारी गराइएको छैन ।
भदौं २३ र २४ गते भएको जेनजी प्रदर्शनपछिको परिस्थीतिको विषयमा छलफल गर्न बैठक बोलाइएको बताइएको छ ।
























