
काठमाडौं । जेनजी आन्दोलनको एक महिनापछि सार्वजनिक मञ्चबाट नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारसँग डराएर नभाग्ने बताएका छन् । आफ्नो पासपोर्ट रोकेको र उपत्यका छोड्न रोक लगाएको विषयमा आपत्ति जनाउँदै उनले प्रधानमन्त्री सुशीला कार्कीसँग डराएर नभाग्ने पनि बताए ।
उनले गृहमन्त्री ओमप्रकाश अर्याललाई धेरै नउत्ताउलिन चेतावनी पनि दिएका छन् ।
उनले भक्तपुरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दैन सडकमा तमासा गरिरहेको बताए ।
‘पासपोर्ट रोक्का रे । डाँडो काट्न नहुने हो रे । सुशीला कार्की डरको डरले केपी ओली भाग्छ ?,’ उनले भने, ‘हुन त म अहिलेका गृहमन्त्रीलाई चिन्दिन । तर म गृहमन्त्री बाबुलाई धेरै नउत्तालिन र नचम्किन सुझाव दिन चाहन्छु । राजनीति चलाउने देश चलाउने ख्याल ठट्टा होइन ।’
























