जाँचबुझ आयोगले बुझेन ओली र लेखकविरुद्धको जाहेरी, प्रहरीमै फिर्ता

Share this
762shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज २३, बिहीबार १९:०३

काठमाडौं । जेनजी आन्दोलन दमन गरेको आरोपमा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्धको जाहेरी जेनजी आन्दोलनबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगले प्रहरी कार्यालयमै फिर्ता पठाएको छ ।

सुदन गुरुङसहितको समूहले ओली र लेखकविरूद्ध जाहेरी दिएका थिए । प्रहरीले आयोगमा उजुरी पठाएको थियो । आयोगले जाहेरी प्रहरीमै फिर्ता गरिदिएको हो ।

आयोगको उक्त जाहेरी आफ्नो कार्यक्षेत्रमा नपरेको भन्दै प्रहरीमै फिर्ता गरेको आयोगका प्रवक्ता तथा सदस्य विज्ञानराज शर्माले बताए ।

बिहीबार आयोगले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘जारी गर्दै फौजदारी वारदातमा विस्तृत अनुसन्धान तहकिकात गरी कसुरदार देखिने अवस्थामा अभियोजन समेत लगाउने कार्य यस आयोगको कार्यक्षेत्रभित्र परेको छैन ।’

जेनजी आन्दोलनको क्रममा सुरक्षाकर्मीको गोली लागेर २१ जनाको मृत्यु भएको थियो । आन्दोलनका क्रममा जम्मा ७६ जनाले ज्यान गुमाएका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.