
काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्ने भएको छ ।
पार्टीको ५८औँ सचिवालय बैठक आज बस्न लागेको हाे ।
एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीका अनुसार सचिवालय बैठकले पार्टीको आगामी रणनीति र नयाँ कार्यदिशा तय गर्नेछ । यसअघि, असोज १२ गते एमालेको सचिवालय बैठक बसेको थियो ।
एमालेको केन्द्रीय कमिटी बैठक यही असोज २७ देखि २९ गतेसम्म काठमाडौंमा बस्नेछ ।
नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक पनि आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।
महासचिव घनश्याम भुसालका अनुसार, बैठकमा समसामयिक परिस्थितिसहित विविध विषयमा छलफल हुनेछ ।
























