एमाले र माओवादीको महाधिवेशन मंसिरमा, कांग्रेसको कहिले ?

Share this
734shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज २७, सोमबार १९:३६

काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा एमालेले महाधिवेशन मंसिरमा गर्ने घोषणा गरेका छन् ।

भदौ २३ र २४ गते जेनजी विद्रोहका कारण राजनीति उथलपुथल भएपछि नेकपा एमाले र नेकपा माओवादी केन्द्रले मंसिरको अन्त्यमा महाधिवेशन गर्ने घोषणा गरेका हुन् । तर, नेपाली कांग्रेसको महाधिवेशन मिति टुंगो लागेको छैन ।

एमालेको आइतबार सम्पन्न सचिवालय बैठकले मंसिरको अन्तिम साता ११ औँ महाधिवेशन गर्ने निर्णय गरेको थियो । स्थान र समयबारे केन्द्रीय समिति बैठकले निर्णय लिनेछ ।

सचिवालय बैठकले तयार गरेको एजेन्डाबारे निर्णय लिन असोज २९ गते एमालेले केन्द्रीय समिति बैठक बोलाएको छ । नेतृत्व हस्तान्तरण र पार्टी पुनर्गठनको विषयमा तीव्र मतभेद हुँदा माओवादी केन्द्रले केन्द्रीय समिति विघटन गरी मंसिरको अन्त्यतिर विशेष महाधिवेशन गर्ने घोषणा गरेको छ ।

देशकै सबैभन्दा पुरानो र लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस नियमित महाधिवेशन गर्ने कि विशेष महाधिवेशन गर्ने भन्ने अन्योल छ । जेनजी विद्रोहका वेला आफ्नै निवास बुढानीलकण्ठमा कुटिएका सभापति शेरबहादुर देउवा पदाधिकारी, पूर्वपदाधिकारी र कार्यसम्पादन समिति बैठकमा उपस्थित भएका छैनन् ।

महाधिवेशनकाे टुंगो पनि लागेकाे छैन । यद्धपि ५२ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर संकलन गरेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.