निर्वाचन आयोगले हर्क साम्पाङलाई माग्याे थप कागजात

Share this
771shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज २८, मंगलबार १०:५७

काठमाडौं । निर्वाचन आयाेगले दल दर्ताका लागि पुगेका हर्क साम्पाङसहितका तीन वटा नयाँ दलसँग थप कागजात मागेकाे छ ।

चार वटा नयाँ दल दर्ताका लागि निवेदन पुगेको छ । त्यसमध्ये साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी, उज्यालो नेपाल पार्टी र नेपाल नागरिक पार्टीसँग थप कागजात मागेकाे हाे ।

राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ५ मा दल दर्ताका लागि के कस्ता कागजात चाहिने भन्ने व्यवस्था छ । जसअनुसार दलको विधान, झन्डा, चिह्नको नमुना दल दर्ताको निवेदनसँगै बुझाउनुपर्छ ।

दल दर्ताको निवेदनको साथमा कम्तीमा पाँच सय जना नेपाली मतदाताले दलको सदस्यता प्राप्त गर्न गरेको प्रतिबद्धतापत्र र निजहरूको नागरिकता वा मतदाता परिचयपत्रको प्रमाणित प्रतिलिपिसहितको हस्ताक्षर बुझाउनुपर्छ । कम्तीमा २१ सदस्य केन्द्रीय समितिको व्यवस्था हुनुपर्छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.