
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन् ।
मंगलबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा देउवा आफैँ उपस्थित भएर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी हस्तान्तरण गरेका हुन् ।
सभापति देउवाले स्वास्थ्यका कारण पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापतिलाई दिएको बताएका छन् ।
आजको केन्द्रीय कार्यसमिति बैठकको अध्यक्षता सभापति देउवाले नै गरेका थिए । सोही क्रममा उनले खड्कालाई कार्यवाहकको जिम्मेवारी दिएका हुन् ।
























