मधेशमा नयाँ सरकार गठनको आह्वान

Share this
679shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज २८, मंगलबार १७:२८

काठमाडौं । मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गरेकी छन् ।

मुख्यमन्त्री सतिशकुमार सिंहले मंगलबार दिएको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख सुमित्रा सुवेदीले नयाँ सरकार गठनका लागि आह्वान गरेकी हुन् ।

नयाँ सरकार गठनका लागि भोलि बुधबार अपरान्ह ४ बजेसम्म दुई वा दुई भन्दा बढी दलको बहुमत पुर्‍याएर दाबी पेश गर्न आह्वान गरिएको छ । १०७ सदस्य प्रदेश सभामा सरकार बनाउन ५४ सदस्य आवश्यक पर्छ ।

मधेश प्रदेश सभामा का‌ंग्रेसका २२, नेकपा एमालेका २५, जनता समाजवादी पार्टी, नेपालका १९, जनमत पार्टीका १३, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका ९, नेकपा माओवादी केन्द्रका ९, एकीकृत समाजवादी पार्टीका ७, नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीको एक–एक गरी १०७ जना सदस्य छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.