गगनको दाबी : केन्द्रीय समितिमा देउवाको सहभागिता अन्तिम हो’

Share this
837shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज २८, मंगलबार १९:३५

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी केन्द्रीय कार्यसमिति बैठकमा सभापति शेरबहादुर देउवाको आजको सहभागिता अन्तिम रहेको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालयमा उपस्थित नेता–कार्यकर्तासँग महामन्त्री थापाले केन्द्रीय कार्यसमिति बैठकमा सभापति देउवा अन्तिमपटक सहभागी भएको बताएका हुन् ।

‘पार्टी सभापतिले बाँकी रहेका जिम्मेवारी पूरा गर्न केन्द्रीय कार्यसमितिलाई जिम्मेवारी छाडेर जानुभएको छ,’ उनले भनेका थिए,‘सभापतिको हैसियतमा केन्द्रीय कार्यसमितिमा आज एकप्रकारले अन्तिम उपस्थिति रह्यो । उहाँले पार्टी सभापतिको रूपमा महत्वपूर्ण निर्देशन र घोषणा पनि गर्नुभयो । त्यसलाई सम्मान गर्दै आजको बैठक एजेन्डामा प्रवेश गरेन ।’

उनले सभापतिको सम्बोधनपछि कार्यबाहक सभापतिसँग छलफल भएको र सो छलफलमा पार्टी कार्यालयमा सभापतिको रूपमा अन्तिम सम्बोधन आएकाले त्यसालाई पनि सम्मान गर्दै बैठक टुंग्याइएको बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.