
काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आज बस्दै छ ।
आजदेखि सुरु हुने बैठक असोज ३१ गतेसम्म बस्ने छ ।
उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार, केन्द्रीय कमिटी बैठकले महाधिवेशनको मिति र स्थान तय गर्नेछ ।
पार्टीको ११औँ महाधिवेशन आगामी मंसिरको तेस्रो साता गर्ने तयारी छ । आइतबार गुन्डुमा बसेको सचिवालय बैठकले मंसिर अन्तिम साता महाधिवेशन गर्ने निर्णय गरेको थियो ।
जेनजी आन्दोलनपछि एमालेमा पार्टी पुनर्गठनको विषय उठ्दै आएको छ । शुक्रबार बसेको सचिवालय बैठकमा पनि पार्टी पुनर्गठनको विषय नेताहरूले उठाएका थिए ।
























