
काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन माग गर्दै संकलित हस्ताक्षरसहितको प्रस्ताव दर्ता आज हुने भएको छ । करिब ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहितको प्रस्ताव दर्ता आज दिउँसो ३ बजे दर्ता गर्ने तयारी छ ।
मंगलबार बिहान १० बजे नै दर्ता गर्ने भनिएको प्रस्ताव सभापति शेरबहादुर देउवाको सम्बोधनपछि गर्ने भन्दै रोकिएको थियो ।
बैठकमा सभापति देउवाले कार्यवाहक पूर्णबहादुर खड्कालाई तोकेर बाहिरिएका थिए ।
प्रस्ताव दर्ताका लागि कार्यवाहक सभापति पूर्णबहादुर खड्कासमक्ष पेस भएकोमा खड्का त्यहाँबाट बाहिरिएपछि कार्यालय नफर्किएका कारण दर्ता सरेको केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले जानकारी दिए ।
























