एमाले अध्यक्ष ओली: देश ‘प्रतिक्रान्ति’ को बाटोमा, ‘बर्बादी’ रोक्न आह्वान

Share this
651shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज २९, बुधबार १२:३६

ललितपुर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देश अप्रत्याशित रूपमा ‘प्रतिक्रान्तिको घटना’ बाट गुज्रिरहेको र बर्बादीतर्फ धकेलिएको गम्भीर आरोप लगाएका छन्। ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा बुधबारबाट सुरु भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशको वर्तमान अवस्थाप्रति चर्को असन्तुष्टि व्यक्त गरे।

‘आज देश अप्रत्याशित रूपमा प्रतिक्रान्तिको घटना घटेको छ,’ उनले भने, ‘यदि हामीले प्रभावकारी ढंगले रोक्न सकेनौं भने देश प्रतिक्रान्ति तर्फ धकेलिएको छ ।’ ओलीले देशलाई यो बर्बादीको अवस्थाबाट अविलम्ब सही मार्गमा फर्काउनुपर्ने आवश्यकता औँल्याए ।

उनले थप जोड दिँदै भने, ‘यस अवस्थालाई अविलम्ब लोकतान्त्रिक, जनपक्षीय, शान्तिपूर्ण, सुशासनयुक्त, भ्रष्टाचारमुक्त र विकास उन्मुख शान्तिपूर्ण बाटोमा फर्काउनुपर्नेछ । अगाडि लानुपर्नेछ।’

बैठकमा अध्यक्ष ओलीले नेकपा एमालेमाथि भइरहेको निरन्तर प्रहारको कारणसमेत स्पष्ट पारे। उनले एमाले अरू दलहरूभन्दा बढी निसानाको शिकार भएको तर यसको कारण खराब नीति वा काम नभएको दाबी गरे।

‘हामी प्रहारको अरूभन्दा बढी निसाना भएका छौं,’ उनले प्रश्न गर्दै भने, ‘किन निसाना भएका छौं ? हामीले नराम्रो काम गरेर? होइन ।… हाम्रा नीतिहरू राम्रा भएर।’

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.