विशेष महाधिवेशनका लागि हस्ताक्षर हस्तान्त्रण

Share this
658shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज २९, बुधबार १८:५४

काठमाडौं । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशनको माग गर्दै पार्टी नेतृत्वलाई हस्ताक्षर बुझाएका छन् । ५३ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षरसहितको निवेदन बुझाएका हुन् ।

जेन–जी आन्दोलनपछि सभापति शेरबहादुर देउवामाथि पद छोड्न दबाब दिँदै आएका महाधिवेशन प्रतिनिधिहरुले बुधबार अपराह्न पार्टी मुख्यालय सानेपामा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई विशेष महाधिवेशनको माग पेश गरेका हुन् ।

नियमित महाधिवेशनको प्रक्रिया नै सुरु नभएपछि आफूले विशेष अधिकारको प्रयोग गर्दै विशेष महाधिवेशनको मागसहितको निवेदन पार्टी नेतृत्वलाई बुझाएको पार्टीका नेता गुरु घिमिरले जानकारी दिए ।

उनले आफूहरुको सो कदम महाधिवेशन प्रतिनिधिको विशेषाधिकार र केन्द्रीय कार्य समितिको क्षेत्राधिकारभित्र रहेर अघि बढाएको बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.