
धनुषा। मधेस प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) का संसदीय दलका नेता जितेन्द्र सोनलले प्रदेशको चौथो मुख्यमन्त्रीको रूपमा शपथ लिएका छन्।
मुख्यमन्त्री सोनलले बिहीबार आयोजित समारोहमा शपथ ग्रहण गरेका हुन्। मुख्यमन्त्री सोनलले भोजपुरी भाषामा शपथ लिएका छन्।
उनीसँगै दुईजना मन्त्रीहरूले पनि शपथ लिएका छन्। कनिश पटेल र महेश यादवले बिना विभागीय मन्त्रीको रूपमा शपथ ग्रहण गरेका छन्।
























