वीरेन्द्र बस्नेत राजनीतिमा, मोरङ क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने गृहकार्य

Share this
763shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज ३०, बिहीबार २०:०८

विराटनगर । बुद्ध एयरका सञ्चालक वीरेन्द्र बस्नेत राजनीतिमा प्रवेश गरेका छन् । ‘गतिशील लोकतान्त्रिक पार्टी’ गठन गरेका हुन् ।

उनी आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचनमा मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य पदमा चुनाव लड्ने तयारी गरेका छन् । पार्टीका अध्यक्ष तथा समाजशास्त्री दिनेश प्रसाईंका अनुसार, बस्नेतलाई मोरङ–३ बाट उम्मेदवार बनाउने तयारी छ ।

२०७९ सालकाे निर्वाचनमा माेरङ क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका नेता डाक्टर सुनिल शर्मा विजयी भएका थिए । आगामी चुनावमा पनि उनी उम्मेदवार बन्ने तयारीमा छन् ।

अध्यक्ष प्रसाईंका अनुसार ‘गतिशील लोकतान्त्रिक पार्टी’कुनै पनि दलसँग गठबन्धन नगरी आफ्नै एजेन्डामा आधारित भएर राजनीति गर्न स्थापना भएको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.