
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीसहित जेनजीका प्रतिनिधिहरूसँग छलफल गरेका छन् । शितल निवासमा बिहीबार छलफल गरेका हुन् ।
जेनजीबाट छलफलमा मदन कार्की, मोनिका निरौला, भोजविक्रम थापा, शिव यादव, उर्पाजुन चाम्लिङ, निकुन्ज भण्डारी, रिजन राना, बब्लु गुप्ता, ओजस्वीराज थापा, पुरूषोत्तम यादव, आदित्य आचार्य, खेमराज साउद, अप्सना बानु, प्रदीप पाण्डे, गुन्जन शाह ठकुरी र धिरज जोशीलगायत सहभागी थिए ।
फागुन २१ को चुनावबारे छलफल भएको हो। यसअघि राष्ट्रपति र प्रधानमन्त्रीले दलका प्रतिनिधिहरूसँग छलफल गरेका थिए ।
























