
काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय समिति बैठक आज (शुक्रबार) सक्ने तयारी गरिएको छ । आजको बैठक सुरू भएको छ । आज केन्द्रीय समितिको १०औं बैठकको तेस्रो दिनमा छलफल सुरू भएको हो ।
ललितपुरको जावलाखेलस्थित रामबाघ महलमा बुधबार सुरू भएको बैठकमा केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राखिरहेका छन् ।
पहिलो दिन ५० जना केन्द्रीय सदस्यहरूले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रस्तावमा धारणा राखेका थिए । एमालेले केन्द्रीय कमिटी बैठक आजै सक्ने तयारी गरेको जनाइए पनि सदस्यहरुले बोल्ने क्रम बाँकी रहेकाले समापनको मिति निश्चित नभएको जनाइएको छ।
























