
विराटनगर । नेकपा एमालेले २२ बुँदे प्रस्ताव पारित गरेको छ । शुक्रबार सम्पन्न एमालेको केन्द्रीय समिति बैठक २२ बुँदे प्रस्ताव पारित गरेको हो ।
बैठकले पोखरामा ११ औँ महाधिवेशन गर्ने निर्णय गरेको छ ।
बैठकले चुनावको वातावरण नभएको उल्लेख गर्दै संसद पुनस्थापनाको पक्षमा उभिने निर्णय पनि गरेकाे छ ।
केन्द्रीय समिति बैठकमा शुक्रबार अध्यक्ष ओलीले प्रतिनिधिसभा पुनर्स्थापनाको मुद्दा लिएर अगाडि जानुपर्ने प्रस्ताव राखेका थिए । उक्त प्रस्तावमाथि असहमति जनाउँदै शाक्य र ज्ञवालीले फागुन २१ गतेको चुनावमा केन्द्रित भएर पार्टी अगाडि बढ्नुपर्ने धारणा राखेका थिए । तर हलले ओलीकाे प्रस्ताव पारित गर्याे ।
























