
काठमाडौं । जेनजी आन्दोलनपछि पूर्वप्रधानमन्त्रीबाट राजीनामा दिएका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा पहिलोपटक शनिबार पुगेका छन् ।
आन्दोलनका क्रममा अराजक समूहले आगजनी गरेर पार्टी कार्यालय ध्वस्त पारेको थियो । आन्दोलनपछि एमालेले पार्टीको सचिवालय लगायतका बैठक समेत गुण्डुस्थित ओली निवासमै गरेको थियो ।
आन्दोलनका क्रममा ओलीको घरमा पनि आगजनी र तोडफोड भएको थियो । अहिले ओली भक्तपुरको गुण्डुमा बसिरहेका छन् ।
तिहारको अवसरमा एमालेले गरेको चियापान कार्यक्रममा सहभागी हुन ओली च्यासल पुगेका हुन् । भदौ २३ र २४ गतेको आन्दोलनपछि ओली च्यासल गएका थिएनन् ।
























