धनतेरसको दिन विराटनगर बजार (फोटो फिचर)

Share this
728shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक १, शनिबार १९:४४
धनतेरसको दिन विराटनगर बजार (फोटो फिचर)

विराटनगर । धनतेरस हिन्दु धर्मको एक महत्त्वपूर्ण पर्व हो, जुन तिहार (दीपावली) को पहिलो दिनका रूपमा मनाइन्छ। यस दिनलाई धन त्रयोदशी पनि भनिन्छ ।

धनतेरसलाई सम्पत्ति, स्वास्थ्य र समृद्धिको प्रतीक पर्व मानिन्छ । यस दिन भगवान् धनवन्तरी (आयुर्वेदका देवता) र माता लक्ष्मीको पूजा गरिन्छ ।

मान्यता अनुसार, यसै दिन समुद्र मन्थनबाट धन्वन्तरि भगवान् अमृत कलश लिएर प्रकट भएका थिए ।

तिहारको सुरुवात भएकाले यो दिन घरलाई सफा र सजावट गरिन्छ । साँझमा दीप प्रज्वलन गरी धनकी देवी लक्ष्मीको आराधना गरिन्छ ।

यो दिन सुन, चाँदी, भाँडाकुँडा वा नयाँ सामान किन्नु शुभ मानिन्छ । यमराजलाई प्रसन्न पार्न दक्षिण दिशामा एउटा दीप बालिन्छ, जसलाई ‘यमदीप’ भनिन्छ ।

स्वास्थ्यका देवता धनवन्तरीको आराधना गरी रोगव्याधीबाट मुक्तिकाे कामना गरिन्छ ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.