नेपाल सम्वत् इतिहास र मौलिक पहिचानसँग जोडिएको छ : मुख्यमन्त्री कार्की 

Share this
693shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक ५, बुधबार १९:१७

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपाल सम्वत् ११४६ को ऐतिहासिक अवसरमा देश विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई शुभकामना व्यक्त गरेका छन् ।

मुख्यमन्त्री कार्कीले जारी गरेको शुभकामना सन्देशमा नेपाल सम्वत् लाई नेपालको गौरवपूर्ण इतिहास र मौलिक पहिचानसँग जोडिएको सम्वत् भएको उल्लेख गर्दै यसले नेपाली समाज, संस्कृति र सृजनशील परम्पराको निरन्तरताको प्रतीकका रूपमा सबै नेपालीलाई आत्मसम्मान र गौरवको भावनामा जोड्ने माध्यम बनेको बताए ।

सन्देशमा उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्न सबै जातजाति, भाषा, धर्म र संस्कृतिको एकता आवश्यक रहेको उल्लेख गर्दै सामाजिक एकतालाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरे ।

मुख्यमन्त्री कार्कीले नेपाल सम्वत् ले नेपालीबीचको सहअस्तित्व, सहिष्णुता र सद्भावलाई अझ सुदृढ बनाउन प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।

कोशी प्रदेश सरकारले सबै जातजाति, भाषा, धर्म र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा निरन्तर प्रतिबद्ध रहेको पनि उनले बताए ।

विविधतामा एकताको भावनालाई आत्मसात गर्दै समृद्ध राष्ट्र निर्माणको अभियानमा अघि बढ्न उनले शुभकामना सन्देशमार्फत आह्वान गरेका छन् ।

मुख्यमन्त्री कार्कीले ‘नेपाल सम्वत् ११४६ ले सबैमा नयाँ उत्साह, उमंग, ऊर्जा र समृद्धिको भावना जगाओस्’ सन्देशमा उल्लेख गरेका छन् ।
नेपाल सम्वत् काे प्रारम्भसँगै राष्ट्रिय एकता, सहिष्णुता र गौरवको भावना सुदृढ हुँदै देशले समृद्धिको दिशामा थप कदम अघि बढाओस् भन्ने शुभेच्छासमेत उनले व्यक्त गरे ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.