
काठमाडौं । अन्तरिम सरकारका नवनियुक्त युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पदभार ग्रहण गरेका छन् । आइतबार मन्त्री नियुक्त भएपछि मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् ।
जेनजी आन्दोलनपछि बनेको सरकारमा जेनजी उमेर समूहबाट मन्त्री बनेका गुप्ताले मन्त्रालय मातहतका सबै निकायको बैठक लाइभ गर्ने पहिलो निर्णय गरेका छन् ।
प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा गुप्तालाई आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री नियुक्ती गरेपछि शपथ ग्रहण गराएका थिए ।
























