पुस मसान्तभित्रै महाधिवेशन हुनुपर्ने कोइराला समूहको निष्कर्ष  

Share this
683shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक १४, शुक्रबार १३:३८
पुस मसान्तभित्रै महाधिवेशन हुनुपर्ने कोइराला समूहको निष्कर्ष  

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आगामी निर्वाचन अगावै नियमित महाधिवेशन गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

शुक्रबार नेता डा.  शेखर कोइरालाको विशाल नगरस्थित सम्पर्क कार्यालयमा बसेको इतर समूहको बैठकमा पार्टीभित्र देखिएको गतिरोध अन्त्य गरी नियमित महाधिवेशनको कार्य तालिका ल्याउने विषयमा छलफल गरेका छ ।

महाधिवेशनको मितिका विषयमा पार्टीभित्रको विवाद पेचिलो बनेका बेला उनीहरूले छलफल गरेका हुन् ।
इतर समूहको बैठकले २१ फागुनको निर्वाचन अगावै पार्टीको १५ औँ महाधिवेशन गर्नुपर्ने निष्कर्ष निकालेको बताइएको छ ।

महाधिवेशन ढिलोमा पुस मसान्तभित्र गरिसक्नुपर्छ भन्ने बैठकको निष्कर्ष रहेको छ ।

इतर समूहले आगामी पुस १६ गते महाधिवेशन सम्पन्न गर्ने गरी कार्य तालिका बनाउन र आजको बैठकमा पेस गर्न महामन्त्री द्वय जिम्मा दिएको छ ।

कोइरालाको सम्पर्क कार्यालयमा उपसभापति धनराज गुरुङ, महामन्त्रीहरू गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री द्वय जीवन परियार र बद्री पाण्डे र केही केन्द्रीय सदस्यहरूबीच छलफल भएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.