कांग्रेसमा सुधारको माग गर्दै कार्यकर्ताद्वारा कार्यालयअघि प्रदर्शन

Share this
743shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक १६, आइतबार १४:२९

ललितपुर । नेपाली कांग्रेस सुधार अभियान (अन्डर–४०) समूहले पार्टीको केन्द्रीय कार्यालयमा प्रदर्शन गरेको छ । सुरक्षा घेरा तोडेर उनीहरुले प्रदर्शन गरेका थिए ।

प्रदर्शनकारीले पार्टी मुख्यालयको गेटमा तालासमेत लगाएका छन्। पार्टी कार्यालय प्रवेश गर्ने मुख्य गेटमा प्रहरीको बाक्लो सुरक्षा घेरा भए पनि प्रदर्शनकारी समूह गेटसम्म पुगेका थिए ।

उनीहरूले नियमित महाधिवेशन र युवाहरूको प्रतिनिधित्व सुनिश्चित गरिनुपर्ने माग गरेका छन् । पार्टी कार्यालयको प्राङ्गण प्रवेश गर्न गेट बन्द गरिएपछि प्रदर्शनकारीहरू बाहिरै बसेर नाराबाजी गरिरहेका छन् ।

उनीहरूले नियमित महाधिवेशन गर्न नसके, वर्तमान केन्द्रीय समिति विघटन गर्न, आम कांग्रेसजन र युवाहरूको भावनालाई नजरअन्दाज नगर्न माग गर्दै चेतावनी दिएका थिए ।

नेपाल विद्यार्थी संघ (नेविसंघ) का सदस्य भुवन भट्टले आफूहरूले नेपाली कांग्रेस सुधार अभियान चलाएको बताए । नवयुवाको परिवर्तनको आकाङ्क्षालाई नजरअन्दाज गर्न नमिल्ने बताउँदै उनले समयसापेक्ष रूपमा आफूलाई परिवर्तन गर्दै जानुपर्ने जिकिर गरे ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.