‘नेताहरू किन कांग्रेसलाई बन्धक बनाउँदैछन् ?’

Share this
723shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक १७, सोमबार १५:३५

काठमाडौँ । नेपाली कांग्रेसको १५ औं महाधिवेशनको कार्यतालिकामा सहमति जुट्न नसकेपछि संस्थापन पक्षीय नेताहरू नयाँ बानेश्वरस्थित आनन्दभूमि ब्याङ्क्वेटमा छुट्टै छलफलमा जुटेका छन् ।

इतर पक्षले मङ्सिरभित्रै नियमित महाधिवेशन सम्पन्न गर्नुपर्ने अडान राखेको छ भने संस्थापन पक्ष आगामी निर्वाचनपछि मात्र महाधिवेशन धकेल्ने पक्षमा देखिएको छ ।

छलफलमा सहभागी केन्द्रीय सदस्यहरूले पार्टीको आन्तरिक जीवनलाई बलियो बनाउनका लागि महाधिवेशनको मिति तोकेर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।

पार्टी केन्द्रीय सदस्य गुरु बरालले छलफलमा तत्काल पार्टीलाई निर्वाचनको तयारीमा केन्द्रित गर्दै सँगसँगै महाधिवेशनको तयारी कसरी अगाडि बढाउने भन्ने विषयमा परामर्श भइरहेको बताए ।

नेता बरालले पछिल्लो समय पार्टी एकदुई जना नेताको बन्धक बनेको भन्दै आक्रोश व्यक्त गरे। उनले आजको छलफलबाट केन्द्रीय समितिमा नयाँ प्रस्ताव लैजाने तयारी भइरहेको जानकारी दिए ।

महाधिवेशनको कार्यतालिकामा सहमति जुट्न नसक्दा पार्टीको केन्द्रीय समिति बैठक बस्न सकिरहेको छैन। अब अर्को केन्द्रीय समितिको बैठक मङ्गलबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.