मोरङका निवर्तमान सांसद मण्डलले खोले ‘राष्ट्रिय ऊर्जाशील पार्टी’

Share this
694shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक १९, बुधबार १४:१४

विराटनगर । मोरङ–५ बाट स्वतन्त्र उम्मेदवार बनेर प्रतिनिधिसभा सदस्य निर्वाचन जितेका निवर्तमान सांसद योगेन्द्र मण्डलले नयाँ राजनीतिक दल गठनको प्रक्रिया अघि बढाएका छन् । उनको टोलीले बुधबार ‘राष्ट्रिय ऊर्जाशील पार्टी’ नाम राखेर दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ ।

पार्टीको केन्द्रीय समिति तत्कालका लागि ३१ सदस्यीय रहने प्रस्ताव गरिएको छ । नयाँ दलको चुनाव चिह्न चापाकल प्रस्ताव गरिएको छ । यही चापाकल चिह्नबाट मण्डलले २०७९ सालको निर्वाचनमा तत्कालीन सत्ता गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै २१ हजार ८२० मत ल्याएर जितेका थिए ।

२०५४ सालदेखि जीवन विकास समाज संस्थामार्फत शिक्षा, स्वास्थ्य, कृषि र लघुवित्त जस्ता सामाजिक क्षेत्रमा सक्रिय मण्डलले नयाँ दल दर्ता गर्नुअघि आफ्ना मतदाता र देशभरबाट लिखित तथा मौखिक सुझाव मागेका थिए ।

उनले ९० प्रतिशतभन्दा बढी मतदाताहरूबाट परम्परागत दलभन्दा फरक नयाँ दल खोलेर अघि बढ्ने सल्लाह आएको र देशभरका ऊर्जाशील साथीहरूको सामूहिक सहभागितामा यो प्रक्रिया अघि बढाएको बताएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.