
जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री जीतेन्द्र सोनलले कात्तिक २२ गते प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । उनले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभा सचिवालयलाई औपचारिक पत्र बुझाएका छन् ।
मुख्यमन्त्री सोनल गत असोज २९ गते संविधानको धारा १६८ को उपधारा (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
सचिवालयमा बुझाइएको पत्रमा सरकारमा सहभागी दलका संसदीय दलका नेताहरूले संविधानको धारा १६८ को उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्ने प्रक्रियाका लागि आवश्यक व्यवस्था मिलाइदिन अनुरोध गरेका छन् ।
























