
काठमाडौँ । विभिन्न कम्युनिस्ट दलहरूबीच एकता भई नयाँ शक्तिको रूपमा गठन भएको नेपाली कम्युनिस्ट पार्टीको संयोजकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजकमा माधवकुमार नेपाल निर्वाचित भएका छन् ।
आज (बुधबार) एकता घोषणापछि आयोजित सम्मेलनले सर्वसम्मत रूपमा नेतृत्व चयन गरेको हो ।
सम्मेलनमा नेता महेन्द्र राय यादवले प्रचण्डलाई संयोजक र नेपाललाई सहसंयोजकमा चयन गर्ने प्रस्ताव राखेका थिए । उनको सो प्रस्तावलाई हलमा उपस्थित प्रतिनिधिहरूले ताली बजाएर अनुमोदन गरेका थिए ।
























