
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसलाई बलियो बनाउन महाधिवेशन गर्नुपर्ने बताएका छन् ।
आगामी चुनावमा भाग लिन जाँदा घर–घर पुगेर भोट नमाग्दा पनि भोट पाउने पार्टी बनाउन महाधिवेशन अनिवार्य रहेको बताएका हन् ।
थापाले महाधिवेशन र पार्टीभित्रको आन्तरिक विवादलाई जोडेर बुधबार (कात्तिक १९) सार्वजनिक गरेको भिडियो सन्देशमा कांग्रेस यसमा आबद्ध पदाधिकारी, केन्द्रीय सदस्यको मात्रै नभएर कार्यकर्तासँगै आम नागरिकको पनि भएको दाबी गरे ।
जेनजी आन्दोलनपछि उठेको सुधारको आवाजलाई सम्बोधन गर्न पनि कांग्रेसभित्रबाट सुधार थाल्नुपर्ने उनको भनाइ छ ।
























