
काठमाडौं । एकताप्रति असहमति जनाएका नेकपा एकीकृत समाजवादीका नेताहरुले घनश्याम भूसाललाई संयोजक तोकेको छ । भूसाल महासचिवको जिम्मेवारीमा थिए ।
शनिबार एकीकृत समाजवादीका ६७ केन्द्रीय सदस्यहरुको भर्चुअल बैठकले पार्टी पुनर्गठन गर्दै तत्कालीन महासचिव भूसाललाई संयोजक तोकेको हो ।
बैठकले मंसिर पहिलो हप्ता राष्ट्रिय भेला आयोजना गर्ने निर्णय पनि गरेको छ ।
अध्यक्ष माधव कुमार नेपाल, सम्मानित नेता झलनाथ खनालसहितको टोलीले नेकपा माओवादी केन्द्रसँग एकता गरे पनि महासचिव भूसाललगायतले एकतामा विमति जनाएका थिए ।
























