अस्वस्थ्य छु भन्दै काठमाडौं लागिन प्रदेश प्रमुख, मधेशकाे सरकार गठनमा अन्योल

Share this
644shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक २४, सोमबार ०६:५६

काठमाडौं । मधेश प्रदेशको प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी अस्वस्थ भएको भन्दै काठमाडौं प्रस्थान गरेकी छन् ।

मुख्यमन्त्री जितेन्द्र सोनलले राजीनामा दिएपछि सरकार गठन कसरी गर्ने भन्ने विवाद छ ।

विवाद बढेका बेला उनी अस्वस्थ्य भएको भन्दै सोमबार बिहान काठमाडौंतर्फ प्रस्थान गरेकी हुन् । उनलाई कायममुकायम मुख्यमन्त्री जितेन्द्र सोनलले बिदाइ गरे ।

प्रदेश प्रमुख भण्डारी निवासबाट बाहिरिएपछि पत्रकारहरुसँग कुरा गर्दै सोनलले भने प्रदेश प्रमुख अचानक अस्वस्थ्य भएको र उपचारका लागि काठमाडौं जान लागेको बताए ।

प्रदेश प्रमुख भण्डारी स्वस्थ भएपछि थप राजनीतिक प्रक्रिया अघि बढ्ने उनले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.