
काठमाडौं । बिरामी छु भन्दै उपचारका लागि जनकपुरबाट काठमाडौं हिडेकी मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आधा बाटोबाटै नयाँ सरकार गठन गरेकी छन् ।
साेमबार बिहान सिन्धुलीको एक होटलबाट उनले संविधानको धारा १६८ को उपधारा ३ अनुसार ठूलो दलको नेतालाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् । उनले सोमबार बिहान होटलमै नेकपा एमालेका संसदीय दलका नेता सरोज यादवलाई मुख्यमन्त्रीको पदको शपथ ग्रहण पनि गराएकी छन् ।
संविधानको धारा १६८ (२) अनुसार गठन भएको सरकारका मुख्यमन्त्री जितेन्द्र सोनलले राजीनामा दिएपछि दलहरुले पुन उपधारा २ अनुसार नै सरकार गठन आह्वानको माग गर्दै प्रदेश प्रमुखको कार्यालयमा धर्ना बसेका थिए । तर, उपधारा ३ अनुसार प्रदेश सभाको ठुलो दलको हैसियतमा नयाँ मुख्यमन्त्री नियुक्त गरेकी हुन् ।
शपथपछि यादवले जनकपुरमा अवस्था सहज नभएपछि सिन्धुलीमा शपथ गरेको बताए । निवर्तमान मुख्यमन्त्री सोनलले प्रदेश प्रमुख भण्डारीले मधेस प्रदेशको जनतालाई धोका भएको बताएका छन् ।
























