‘फागुन २१ को निर्वाचनले संविधानलाई सही मार्गमा ल्याउँछ’

Share this
768shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक २४, सोमबार ११:४२

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी फागुन २१ गते हुने निर्वाचनले संविधानलाई सही मार्गमा ल्याउने बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत उक्त निर्वाचनबाटै नयाँ संसद् आउने र यसले संविधानलाई सही मार्गमा डोऱ्याउने उल्लेख गरेका हुन् ।

महामन्त्री थापाले भनेका छन्, “संविधानलाई सही मार्गमा ल्याउने फागुन २१ को निर्वाचन मात्र एक मात्र बाटो हो, यसमा कुनै अलमल छैन ।” उनले प्रधानमन्त्रीको उपस्थितिमा सम्पन्न सर्वदलीय बैठकमा नेपाली कांग्रेसको तर्फबाट पार्टीको निर्णय स्पष्ट रूपमा प्रस्तुत गरिसकेको जानकारी दिए ।

उनले कांग्रेसको केन्द्रीय कार्यसमितिमा अहिले भइरहेको अलमल निर्वाचनको विषयका सन्दर्भमा नभएको पनि स्पष्ट पारे । महामन्त्री थापाले निर्वाचनअघि पार्टीको अधिवेशन गरेर अधिवेशनबाट आउने नेपाली कांग्रेसको नीति र नेतृत्वले मात्र कांग्रेसलाई निर्वाचन लड्न योग्य बनाउने धारणा व्यक्त गरे ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.