
काठमाडौं । अन्तरिम सरकारले विवादित मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदबाट हटाएको छ ।
सोमबार बसेको मन्त्रिपरषद्को बैठकले उनलाई पदबाट हटाएको हो । भण्डारीलाई पदमुक्त गरेको सरकारले सुरेन्द्र लाभ कर्णलाई प्रदेश प्रमुख नियुक्तका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।
बिरामी छु भन्दै उपचारका लागि जनकपुरबाट काठमाडौं हिडेकी मधेश प्रदेश प्रमुख भण्डारीले आधा बाटोबाटै नयाँ सरकार गठन गरेपछि विवाद सुरू भएकाे थियाे ।
























