
काठमाडौं। मधेस प्रदेश सरकार गठनविरुद्ध मधेश प्रदेशका सांसद बुधबार पनि धर्नामा बसेका छन् । मधेस भवन अगाडि बाटो छेकेर सातदलका प्रदेश सांसदहरु धर्नामा बसेका हुन् ।
प्रदेशमा संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठूलो दलको हैसियतमा नेकपा एमालेका संसदीय दलका नेता सरोजकुमार यादवलाई प्रदेश प्रमुख सुमित्र सुवेदी भण्डारीले मुख्यमन्त्री नियुक्त गरेपछि मधेसमा विवाद छ ।
नेपाली कांग्रेसफ जसपा नेपाल, जनमत, माओवादी केन्द्र, लोसपा, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीका सांसद सहितका कार्यकर्ताहरू आन्दोलनमा छन् ।
सरकार गठनकाे विवाद सर्वाेच्च अदालतमा पुगेकाे छ ।
























