मधेशमा पदमुक्त गरिएका सांसदले मागे हाजिरी र कारबाहीको नक्कल

Share this
703shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक २८, शुक्रबार १३:२३

काठमाडौं । मधेश प्रदेशमा पदमुक्त गरिएका ५ जना सांसदहरूले आफ्नो हाजिरी विवरण सार्वजनिक गर्न प्रदेशसभा सचिवालयसँग माग गरेका छन् । उनीहरुले कारबाहीको नक्कल पनि मागेका छन् ।

आफूविरुद्ध अविश्वास प्रस्ताव दर्तापछि सभामुख रामचन्द्र मण्डलले लगातार १० वटा बैठकमा नआएको भन्दै ५ जना सांसदलाई पदमुक्त गरेका थिए । तर, उपसभामुख बबिताकुमारी राउतले उक्त निर्णय बदर गर्दै अर्को सूचना जारी गरेकी छन् ।

यद्यपि, कारबाहीमा परेको जसपाका सांसदहरू मनिषकुमार सुमन, सञ्जयकुमार यादव, सिंहासन कलवार, शारदाशंकर प्रसाद कलवार र नागरिक उन्मुक्ति पार्टीकी सांसद उर्मिलादेवी सिंहले प्रदेशसभासँग विवरण माग्दै निवेदन दिएका हुन् । निवेदनमा भनिएको छ, ‘सामाजिक सञ्जालमार्फत १० पटकको निरन्तर अनुपस्थितिको आधारमा कारबाही भएको जानकारी प्राप्त भएको हुँदा सत्य तथ्य पुष्टि गर्न आधिकारिक हाजिरी र अभिलेख उपलब्ध गराउन सचिवालयसँग अनुरोध गर्दछौँ ।’

उनीहरूले आफूहरूलाई कसको निर्णयले कारबाही गरिएको ? भन्दै निर्णयलगायतको सबै कागजातको प्रमाणित नक्कल पनि माग गरेका छन् । मधेशमा यतिबेला राजनीतिक संकट निम्तिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.