नेकपाको केन्द्रीय कमिटी १३८ सदस्यीय (सूचीसहित)

Share this
708shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक २८, शुक्रबार १४:०८

काठमाडौं । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)सहित १० दल मिलेर बनेको नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी १३८ सदस्यीय बनेको छ ।

केन्द्रीय कमिटीमा रहेकाको नाम सार्वजनिक भएको छ । गत कात्तिक १९ गते दलहरुबीच एकता घोषणा भएको थियो । एकतापछि दलको संयोजकमा तत्कालीन माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजकमा तत्कालीन एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल रहेका छन् ।

अयोगमा बुझाएको सूचीमा ३ नम्बरमा एकीकृत समाजवादीकै झलनाथ खनाल, ४ नम्बरमा बामदेव गौतम छन् । पाँचौंमा माओवादीका नारायणकाजी श्रेष्ठ, छैटौँमा अग्निप्रसाद सापकोटा, सातौँमा कृष्णबहादुर महरा, आठौँमा जगन्नाथ खतिवडा, नवौँमा जयन्तीदेवी राई र १० औँ नम्बरमा डा. बेदुराम भुसाल रहेका छन् ।

यस्तो छ सूची

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.