सन्तोष परियारद्वारा रास्वपा परित्याग

Share this
707shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक २८, शुक्रबार १४:३५

काठमाडौं । सन्तोष परियाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका छन् । छुट्टै अभियान सुरु गर्नलाई आफूले रास्वपा छाडेको परियारले बताए ।

पार्टीको सदस्यबाट त्यागेका उनी रास्वपाका तर्फबाट विघटित प्रतिनिधिसभाको प्रमुख सचेतक थिए । परियारले पार्टीका कार्यवाहक सभापति डीपी अर्याल र महामन्त्री कविन्द्र बुर्लाकोटीलाई राजीनामा पत्र बुझाएका छन् ।

चितवनमा सम्पन्न विस्तारित बैठकमा परियारले विशेष महाधिवेशनको माग समेत राखेका थिए । यसअघि रास्वपाकै केन्द्रीय सदस्य सुमना श्रेष्ठले पनि नेतृत्वप्रति असन्तुष्टि राख्दै पार्टी छाडेकी थिइन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.