
काठमाडौं । एकताका लागि नेपाली कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टीले वार्ता सुरु गरेका छन् ।
तत्कालीन नेकपा माओवादी केन्द्रको कार्यालय पेरिसडाँडामा दुई दलबीच एकताका लागि वार्ता सुरु भएको हो ।
नेकपा माओवादी केन्द्रसहित ११ बाम दलबीच एकता भएपछि नेपाली कम्युनिष्ट पार्टी बनेको छ । नेकपाले जसपासँग पनि वार्ता सुरु गरेको हो ।
वार्तामा जसपाको नेतृत्व संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठले गरेका छन् । नेकपाबाट वर्षमान पुन, देव गुरुङ र प्रमेश हमाल सहभागी छन् ।
























